Followers

Blog Archive

Sunday, January 23, 2011

पारपाचुके गरौ बरु तिमी माइतै बस्छेउ भने
मेरो भन्नु केही छैन शड्यन्त्र मा फस्छेउ भने


जोइ-पोइको झगडा त परालको आगो भन्छन
सानो तिनो कुरामा नि माइती घर पस्छेउ भने


दिन दिनै खबर आउछ तिमी फर्की न आउने रे
म पनि त एक्लो हुन्न तिम्ले सुर कस्छेउ भने


धेरै बर्ष पछी आज हार्‍यो एउटा सपेराले
जती दूध पिलाए पनि उसैलाई डस्छेउ भने


भिर बाट लड्ने लाई कस्ले काँध थाप्न सक्छ
राम राम मात्रै भन्छु जानी जानी खस्छेउ भने

No comments:

Post a Comment