Followers

Blog Archive

Sunday, January 23, 2011

काला पानी लगि सक्यो अब सुस्ता लान्छु भन्छ
यसै गरी पुरै नेपाल उतै तिर तान्छु भन्छ

तिश्टा अनि काकाडा त एकादेश को कथा भयो
जुन भुमी राम्रो लाग्यो त्यो म आँफै छान्छु भन्छ

बाइश गुणा ठुलो म त तर भुमी लुट्या छैन
लुट्या भए मरी जाउ यस्तै कशम खान्छु भन्छ

तिम्रै देश को पानी न हो सिच्ने मेरो भुमिलाई
त्यही भुमी बाट सधैं जीवन आफ्नो धान्छु भन्छ

सानो सहयोग गर्दा पनि नेपाली त खुशी ओ हो
त्यसैले त नेपालीलाई सच्चा मित्र ठान्छु भन्छ

बोल्नै हुन्न केही पनि थर्काउन पो खोज्छ उल्टै
भुमी लुटिस् भन्यो भने बम गोला नै हान्छु भन्छ

उनका तिखा नयन बाण मुटु वारपार भए
छिया छिया भएन मुटु मात्र टुक्रा चार भए

कसलाइ पो माया गर्नु टुक्री एक मुटु लिई
उनकै लागि पनि आज म त ठुलै भार भए

खेल्नुसम्म खेलिन् उनले आज मेरो जीवनसँग
स्पर्श मै ओइलाई जाने लज्जावती झार भए

दुख मात्र दिन्छिन उनी छोड्नुको त नाम छैन
उनीसँगै झुन्डी बस्ने म त थोत्रो हार भए

माहुरी झैं स्वभाव उनको फूल खोज्दै डुली हिंड्ने
आखिर उनले फर्की आउने म त माहुरीघार भए

पार्नु पिर् पारिन मलाई आफ्ना इच्छा पुर्‍याउँदै
आफ्नो त्यही दु ख पोख्न म त गजलकार भए
च्यातिएँको मुटुलाई धेरै पल्ट सिएँ मैले
तिम्रो याद आइदिंदा फेरि पनि पिएँ मैले

किन टाढा गयौ तिमी मलाई एक्लै छोडी यहाँ
सुख दु:खमा साथ तिमीलाई दिएकै त थिएँ मैले

मन भरि ब्यथा लुकाई हाँस्न पनि सक्दिन म
तिमी हाँसे पुग्यो मलाई आसुँहरू लिएँ मैले

अर्कैसँग रमाई रमाई जीवन तिम्रो सार्थक होला
आफ्नो जीवन जिउनु जति एकै लासमा जिएँ मैले

अरुसँग माया गाँस्ने साहस पनि छैन अब
मुटुभरि भरि माया तिमीलाई नै दिएँ मैले
तिमी समीप आइदिंदा तिमीसँगै बसौं जस्तो
तिमी ओझेल हुन लाग्दा भिरबाट खसौं जस्तो

कल्पना मै डुबिसके तिमी अन्तै धाउने गर्छौ
पाउन अब तिमीलाई लाग्छ कम्मर कसौं जस्तो

मायाजालमा परेर नै पागल भैइ हिंडछन कति
मलाई भने झनै लाग्छ मायाजालमा फसौं जस्तो

माया गर्नु हुन्न यो त आँफै बस्छ भन्थ्यौ तिमी
त्यही माया पाउन लाग्छ मुटु भित्रै पसौं जस्तो

तिमीलाई आफ्नो भन्नेहरू जताततै देख्न पाउँदा
लाग्न थाल्छ ती सबैलाई सर्प बनी डसौं जस्तो

खरानी सरह बन्न पुगे अनमोल यी सपनाहरू
किन लाग्छ त्यहि खरानि अनुहारमा घसौ जस्तो
राम्रो उपनाम तिम्रो लागि अबदेखि घोक्दिन म
तिम्रै यादमा जाँड रक्सी कहिल्यै पनि धोक्दिन म

कोठाभित्र छिर्नु अघि खोक्ने गर्नु भन्थ्यौ तिमी
कोठा भित्र छिर्छु सिधै बाहिरबाट खोक्दिन म

तिम्रो यहाँ आउने जाने आफूलाई नै ठान्थे मैले
आउँदा रैछन थुप्रै व्यक्ति यो यो भनी तोक्दिन म

शरीर नै बेच्नु थियो भने नाङै हिंडे भै'गो नि त
लाज ढाक्ने तिम्रा लुगा अब देखि बोक्दिन म

आफ्नो चरित्रको बयान नगर्दा नि हुन्छ अब
बिश्वास दिलाउन अरुलाई भुइमा निधार ठोक्दिन म

मेरो प्यारो 'उत्तम' भनि अङ्गालोमा आए पनि
अरुले टोक्ने तिम्रो गाला कहिल्यै पनि टोक्दिन म

दुनियाँले तिमीलाई जे गरेनी गरून् अब
कसैलाई नगर भनी अबदेखि रोक्दिन म
बिदेशीको चक्रब्युहमा फसी रा'छ नेता
जनताको यो नजरबाट खसी रा'छ नेता

भन्ने गर्छ नेपाली म सगरमाथा शिर मेरो
आमालाई, तर हरदम डसी रा'छ नेता

सधैंभरि भनिरहन्छ हिंसा रोक्नु पर्छ अब
यथार्थमा आँफै छुरी धसी रा'छ नेता

घरगृहस्थी चलाऊन नसकेर के भो कुन्नी?
देश चलाऊन आफ्नो कम्मर कसी रा'छ नेता

उपचार गर्न पैसा नपाई मरी रा'छन जनता कति
ज्वरो आउँदा पनि बिदेश पसी रा'छ नेता

भारतीय झन्डामुनी सुस्ता अनि कालापानी
आफ्नो देशको झन्डा ओछ्याइ बसी रा'छ नेता
तिमीले घरजम गरौं भन्दा आटेन त के पो भयो?
धेरै धेरै बाट तिमीलाई छाटेन त के पो भयो?

भन्ने गर्थ्यौ म त तिम्रै तिमी मेरो हुनै पर्छ
तर तिमीसँग मुटु साटेन त के पो भयो?

अरु कसैसँग माया गर्‍या छैन मैले भन्थ्यौ
तिमीलाई मैले केही कुरा ढाटेन त के पो भयो?

एक तर्फी तिम्रो माया टुट्छ भने टुट्न देउ
बलियो डोरी प्रेमको त्यो बाटेन त के पो भयो?

टाढाको त्यो देउताभन्दा नजिकैको भूत जाती
तिमीसँगै बसी जीवन काटेन त के पो भयो?

रुप रङ हेर्दा तिमी अप्सरा झै लग्थ्यौ तर
तस्वीर हातमा राखी अधर चाटेन त के पो भयो?